काठमाण्डौँ: बैठकमा ढलेर बेहोस भएका सशस्त्र प्रहरीका एसपी राजेश घिमिरेको उपचारको क्रममा निधन भएको छ। शुक्रबार नेपाल–भारत सीमा समन्वय बैठकका क्रममा उनी ढलेका थिए। उपचारका क्रममा उनको विराट मेडिकल कलेजमा मृत्यु भएको सशस्त्र प्रहरीका डिआइजी कुमार न्यौपानेले बताए।
एसपी घिमिरे मोरङमा कार्यरत थिए। हालैमात्र उनको मोरङबाट मकवानपुरमा सरुवा भएको थियो।


