धनगढी । कैलालीमा नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । आइतबार साथीहरू सँग डोडा नदीमा नुहाउन गएका घोडाघोडी नगरपालिका –३ का १७ वर्षीय सुन्दर प्रसाद भट्टको मृत्यु भएको हो ।
घर नजिकै रहेको नदीमा नुहाउन गएका सुन्दरको शव स्थानीय र प्रहरीको सहयोगमा नदीबाट निकालेर पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय सुख्खडले जानकारी दिएको छ ।


