अछामः मंगलसेन नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएसँगै नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। जन्मेदेखि १५ महिना भित्रका चारसय ११ बालबालिकाले नियमित खोप पाएकोले पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। चारसय चार जनाले नियमित खोप लाएका र छुट भएका सात जना बालबालिकालाई सर्वेक्षणका क्रममा भेटिपछि खोप लाएपछि पूर्ण खोपको घोषणा गरिएको नगरका स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगानाले जानकारी दिए।
१४ वटा वडा रहेको नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप प्राप्त घोषणा गरेपछि नगरलाई नै घोषणा गरिएको हो। नगरपालिकामा आयोजित एक समारोहका बीचमा नगरप्रमुख पदम बहादुर बोहराले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिकाको रुपमा घोषणा गर्नुभयो । यसअघि गएको जेठ ११ देखि असार १ गतेसम्म विभिन्न वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको थियो।
घोषणा गरिएको वडा अनुसार वडा नम्बर १ मा १४, २ मा १०, ३ मा १५, ४ मा ५५, ५ मा ६२ र ६ मा १६ जना बालबालिकाले पूर्ण खोप पाएको तथ्यांक रहेको छ। यस्तै नगरको वडा नम्बर ७ मा ५३, ८ मा ४४ जना, ९ मा ३२, १० मा ४, ११ मा १६, १२ मा ३२, १३ मा ४१, र १४ मा १८ जना बालबालिकाले खोप पाएको स्वास्थ्य शाखाको तथ्यांक छ।