काठमाण्डौं: काठमाडौं महानगरपालिकाको प्रहरी बलको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) विष्णुप्रसाद जोशीले सम्हालेका छन् । प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे निलम्बित भएपछि जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।
धनगढीउपमहानगरपालिका -२ सन्तोषीटोल स्थायी घर भएका जोशी यसअघि कामपाको विपद् व्यवस्थापन विभागमा कार्यरत थिए ।