धनगढी । शुक्रबार प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द छन् । बुद्ध एयरका अनुसार जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज उडान नै हुन सकेको छैन । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भैरहवा लैजाने तयारी गरे पनि भैरहवामा जहाज उड्न नसक्दा चितवनको भरतपुर विमानस्थलका लागि उडाइएको छ ।
तराई भेगमा बाक्लो हुस्सुले भिजिविलिटी नपुग्दा उडान तथा अवतरण प्रभावित बनेको हो । यसले हजारौं यात्रु प्रभावित बनेका छन् । सुदरपश्चिममा चालु अवस्थामा रहेको एक मात्रै विमानस्थल धनगढी पनि आज बन्द छ । केहि दिन यता धनगढीमा पनि नियमित उडान हुन नसेको धनगढी विमानस्थल कार्यालय जनाएको छ ।


