धनगढी: धनगढीको स्वस्तिक अस्पतालले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । कैलालीको कैलारी गाउँपालिका १ मा अस्पतालले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । जेठ १७ गते शनिबारका दिन आयोजित निशुल्क स्वास्थ्य शिविरबाट ५ सय ५६ जनाले सेवा लिएको अस्पतालका अध्यक्ष दिपेन्द्र तिवारीले जानकारी दिए ।
४ सय ३३ महिला र १ सय २३ पुरुष गरी ५ सय ५६ जनाले सेवा लिएको उनले बताए । शिविरमा हाडजोर्नी, फिजिशियन, सर्जरी, नाक कान घाँटी, महिला रोग सम्बन्धी बिशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए । कैलारी गाउँपालिकाको वडा नम्बर १ को दिपेन्द्र माध्यमिक बिद्यालयमा आयोजित निशुल्क स्वास्थ्य शिविरको उद्घाटन कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवती चौधरीले गरेकि थिइन् ।


