धनगढी । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट इकाई कमिटी धनगढीको दोस्रो अधिवेशनले भानदेव पनेरुको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
बुधबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा कृष्ण खड्का, सचिव गणेश खत्री, सहसचिवमा तेजबहादुर थारु र कोषाध्यक्षमा गोविन्द खत्री सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा राजु खत्री, चक्र चौधरी, पुष्पराज ओझा, भागीराम राना, अजव चौधरी, दिपक बस्याल सर्वसम्मत चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटन संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले गर्नु भएको थियो, जिफन्ट सुदूरपश्चिम प्रदेश अध्यक्ष जितबहादुर मल्ल, प्रदेश प्रहरी कार्यालय धनगढीका एसएसपी प्रकाश मल्ल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रय महासंघ प्रदेश संयोजक टेकराज जोशी, सुन्दर सुदूरपश्चिम यातायात प्रालीका अध्यष पदमराज सापकोटा, संगठन प्रदेश अध्यक्ष ललित चन्द, अटोमेकानिक्स ट्रेड युनियन प्रदेश अध्यक्ष मिन कार्की कैलाली जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चक्र देउवा लगायतको उपस्थिति थियो ।
कार्यक्रममा संगठनका केन्द्रीय अध्यष भीमज्वाला राईलाई गतिशील नेतृत्व सम्मान, जितबहादुर मल्ललाई कुशल संगठन सम्मान, टेकराज जोशीलाई दूरदर्शी व्यवसायी नेतृत्व सम्मान र पदमराज सापकोटालाई संरक्षक सम्मानबाट विभूषित गरिएको थियो ।


