बझाङ — गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्पका रुपमा राजतन्त्र हुन सक्छ भन्ने भ्रममा नबस्न पूर्वराजालाई आग्रह गरेका छन् । लोकतन्त्रका विरुद्धमा षडयन्त्र गर्ने कोसिस भइरहेको बताउँदै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअर्न्तगत जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनस्थापना आयोजना कार्यान्वयन इकाइ कार्यालयको उद्घाटन गर्न बझाङ पुगेका लेखकले समाज उल्टो बाटोबाट हिँड्न नसक्ने बताए ।
‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, उनले भने, ‘यो भ्रममा पूर्वराजा लगायत कसैले पनि नबसे हुन्छ । लोकतन्त्र, गणतन्त्र र संघीयतामा गइसकेको समाज अब फर्केर कुनै पनि निरंकुशतामा आउँदैन ।
समावेशी चरित्रको राज्य व्यवस्थाका विरुद्धमा षड्यन्त्र गर्ने प्रयत्न भइरहेको बताउँदै उनले ती षड्यन्त्र कुनै हालतमा सफल नहुने दाबी गरे । ुराजतन्त्रको पक्षमा जनलहर छ भनेर भ्रम फैलाउन खोजिएको छ, उनले भने, यो व्यवस्थाका विरुद्धमा षड्यन्त्र हुन सक्छन् तर गणतन्त्रका विरुद्धमा जनलहर छ भन्ने कुरा साँचो होइन ।