धनगढीः कैलालीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखड चोकबाट ३ सय मिलिग्राम लागुऔषधसहित भजनी नगरपालिका–९ डम्पुरका २५ वर्षीय गणेशमान सिंह सोमवार पक्राउ परेका हुन।
उनलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित पक्राउ गरेको हो।


