धनगढी : प्रहरीले कैलालीको गोदावरीबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीले लागूऔषध मुद्दामा १० हजार जरिवाना तोकेका गोदावरी नगरपालिका – ४ का २२ वर्षीय सन्तोष सहानी पक्राउ परेका हुन ।
उनलाई बिहिबार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । पक्राउ परेका सहानीलाई जिल्ला अदालत कैलाली समक्ष पेश गरिएको छ ।