धनगढीः कैलाली र कञ्चनपुरबाट एकैदिन १० लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ।
कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोड, धनगढी उपमहानगरपालिका–३ मिलनचोक, धनगढी उपमहानगरपालिका–९ त्रिबेणीघाट, धनगढी उपमहानगरपालिका–१९ खेदाघाट, गोदावरी नगरपालिका–१ धनगढी रोड, टीकापुर नगरपालिका–९ बालुवाटार, भजनी नगरपालिका–७ हिम्मतपुर र कैलारी गाउँपालिका–७ हौसलपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ।१ लाख ५० हजार ४४० मूल्य बराबरको सामान बिहीवार बरामद गरिएको हो।