धनगढी। सुदुरपश्चिममहोत्सवको १५ औं संस्करण धनगढी उपमहानगरपालीका वडा नम्बर १ पशुपति टोलमा लाग्ने भएको छ । महोत्सव बिहीवार दिउँसो २ बजे सुदुरपश्चिम प्रदेसका मुख्यमन्त्री त्रीलोचन भट्टले उद्घाटन गर्ने आयोजक कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुवरले बताए ।
बिहान ७:३० बजे धनगढी चौराहा बाट प्रभात फेरि निकाल्ने कार्यक्रम समेत रहेको उनले बताए। यसपालि पनि ७ वटा माग सहित मुख्यमन्त्री भट्टलाई ७ किलोको माला हाल्ने कार्यक्रम रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेशको कृषी, पर्यटन र उद्योगको बिकास तथा बिस्तारका साथै सस्कृती र कलाको प्रवद्र्धन गर्दे यस क्षेत्रको समग्र बिकासका सम्भावनाहरुलाई उजागर गर्ने तथा कोरोना महामारीका कारण श्रृजित आर्थिक सामाजिक प्र्रतिकुलता र बिषम सामाजिक परिस्थीतिका बिच गुज्रिरहेका ब्यवसायलाई माथी उकास्न महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने जनाएको छ।
सुदूरपश्चिम महोत्सवको १५ औँ संस्करण आगामी चैत १० गतेदेखी २० गतेसम्म धनगढी उप महानगरपालिका १ पशुपति टोल, चौधरी बुकडिपो पछाडी लाग्ने आयोजक कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले बताए । माघ १८ गते देखि आयोजना हुने भएपनि कोरोनाको संक्रमण बढ्न थालेपछि तयारी सुरु भएको सुदूरपश्चिम महोत्सव २०७८ अन्तिममा आएर स्थगत गर्नु परेको थियो।
बृहत ब्यवसायीक कृषी प्रदर्शनी तथा प्रतियोगिता ताजा तरकारी र कृर्षीमा आएको प्रबिधिसंगै माछा, केरा, पोल्टी, दुग्धजन्य पदार्थ आदीलाई प्रर्दशनिमा जोड दिइने जनाइएको छ । जसरी बिगतका महोत्सवले उत्पादन गरेका कलाकार अहिले देश बिदेशसम्म पुगिरहेका छन सोही कार्यलाई निरन्तरता दिदै यस क्षेत्रमा योगदान दिउका र सम्भावना भएका कलाकारहरुलाई प्रार्थमिकता दिइने अध्यक्ष कुँवरले बताए ।


