गोदावरी।होलिको अबसरमा घैटो फोड कार्यक्रममा कैलालीको गोदावरीकी कलावती महरा बिजयी भएकी छिन्।
न्यु पिस क्लब परिवार शान्तिटोल गोदावरी कैलालीको आयोजनामा कैलालीको गोदावरी २ शान्तिटोलमा फागु पुर्णिमा अर्थात तराई होलिको अबसरमा घैटो फुटाउने कार्यक्रम गरिएको हो। ५० जना सहभागी सो प्रतियोगितामा बिजयी कलावती महरा ( क्रम संख्या ४५) लाई नगद पुरुस्कार रु २५०० सहित सम्मान गरिएको छ ।
कैलालीको गोदावरीस्थीत न्यु पिस क्लबको खेल मैदान, शान्तिटोलमा बिहान १० बजे भएको घैटो फोड प्रतियोगितामा १५ बर्ष देखि ५० बर्ष सम्मका महिला वा पुरुषहरु सहभागी हुन सक्ने ब्यवस्था गरिएको थियो । घैटो फोड कार्यक्रममा न्यु पिस क्लब अध्यक्ष गोरख महराको उपस्थितीमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुल परिषद सदस्य दुर्गा अधिकारी रहेका थिए । यस्तै विशिष्ट अतिथिमा गोदावरी नगर कमिटी नेकपा माओवादी केन्द्र अध्यक्ष धर्म सिंह कुँवर, शान्तिटोल बिकास समिती अध्यक्ष गोरख बोहरा रहेका थिए ।
यस्तै अतिथिमा एकता महिला सामुदायीक बन उपभोक्ता समिती अध्यक्ष लक्ष्मी बोहरा, माओवादी केन्द्र नगर सह – सचिब तुलसी प्रसाद जोशीलगायत प्रतियोगितामा सहभागी ५० जनाको सहभागिता रहेको थियो । यस्तै टोल बिकास समिति अध्यक्ष गोरख बोहरा र एकता महिला सामुदायीक बन उपभोक्ता समिती अध्यक्ष लक्ष्मी बोहरालाई पनि सम्मान गरिएको छ। साथै घैटो फुटाउने कार्यक्रममा शान्तिटोल वासी लगायत अन्य ब्यक्तीहरुको उपस्थीती रहेको थियो। खेलमा सहभागीहरुलाई गोलाप्रथाद्वारा क्रमशः सहभागी गराईने र यदि आफू भन्दा अगाडिको सहभागीले घैटो फुटाउन सफल भएमा पछाडिका सहभागीहरुको पालो स्वत: रद्ध हुने र ३ खेल निश्चित घेरा भित्र खेलाईने नियम रहेको थियो।


