अछाम। नेपाली काँग्रेस अछाम सभापतिका आज दोस्रो चरणको चुनाव हुने भएको छ। पहिलो चरणको चुनावमा तीन उम्मेदवारले ५१ प्रतिशत कटाउन नसकेपछि सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच फेरि सहमतिको प्रयास भएको थियो ।
सभापतिका उम्मेदवार राजन कुँवर भने पहिलो चरणबाट बाहिरिसकेका छन्। सहमति जुट्न नसकेपछि आज बिहान ८ बजेबाट चुनाव हुने भएको हो। पहिलो चरणको चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ प्राप्त गरेका थिए। दुई उपसभापतिमा पाँचजना प्रतिस्पर्धामा छन् । चन्द्रप्रसाद ढुंगाना, टेकबहादुर साउँद, धनबहादुर शाह, नयाँराम बजगाईं र ललितबहादुर कुँवर चुनावी मैदानमा छन् ।
अछाम कांग्रेस नेतृत्वका लागि आज पुनः मतदान हुँदै
अछाम कांग्रेस नेतृत्वका लागि आज पुनः मतदान हुँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

