धनगढी । नेपाली काँग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ। जिल्ला अधिवेशनअन्तर्गत आज भएको मतगणनामा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो।
पहिलो चरणको मतगणनाअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत पाएका छन्। उनले ११६९ मत पाएका छन्। सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले १०७२ र रामबहादुर कलेलले १९७ मत पाएका छन्। अब पहिलो चरणमा पहिलो भएका बम र दोस्रो भएका भट्टबीच सभापतिका लागि प्रतिस्पर्धा हुने छ।
आज साढे २ बजेदेखि मतगणना सुरु भएको थियो। अहिले सभापतिको मात्रै मतगाणना भएको हो। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान गरिने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले बताए। आइतबार भएको पहिलो चरणको मतदानमा २ हजार ४८५ जना प्रतिनिधिले मत खसालेका थिए।


