धनगढी। नेपाली काँग्रेस कैलालीको सभापति चयनकालागि दोस्रो चरणको मतदान हुने भएको छ। सभापति चयनका लागि मतगणनामा सभापतिका तीन उम्मेदवारमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो।
कैलाली सभापति चयनकालागि आज भएको मतगणनामा सभापतिका उम्मेदवार प्रकाशबहादुर बम,नारायणदत्त भट्ट,रामबहादुर कलेलले पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन सकेनन् ।
निर्वाचनमा जम्मा दुई हजार ४८५ मत खसेको थियो । जस अनुसार सभापतिका उम्मेदवारले सो सभापति पदमा विजयी हाँसिल गर्न एक हजार २४३ मत ल्याउनु पर्ने थियो। सभापतिका उम्मेदवार क्रमशः प्रकाश बमले एक हजार १६९,नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेका छन्।
अब सभापतिका लागि बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ । अब पहिलो चरणमा पहिलो भएका बम र दोस्रो भएका भट्टबीच सभापतिका लागि प्रतिस्पर्धा हुने जनाइएको छ।दुवै जना संस्थापन पक्षका हुन । सबैभन्दा कम मत ल्याएका संस्थापन इतर पक्षका कलेल सभापति पद्को होडबाट बाहिरिएका छन् । आइतबार भएको पहिलो चरणको मतदानमा २ हजार ४८५ मत खसेको थियो ।


