धनगढी। नेपाली काँग्रेस कैलालीको नयाँ पार्टी नेतृत्व चयनकालागि उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ। धनगढीस्थित काँग्रेस पार्टी कार्यालयमा मध्यान्हबाट उम्मेदवारको मनोनयन पत्र दर्ता कार्य आज दिउँसो १२ बजेदेखी सुरु भएको हो ।
आज बिहान १० बजेदेखि मनोनयन दर्ता गर्ने निर्वाचन कार्य तालिका रहे पनि प्राविधिक कारणले दुई घण्टा ढिलो गरी सुरु भएको सहायक निर्वाचन समितिले जनाएको छ। अधिवेशनबाट सभापति हित ६९ सदस्यीय जिल्ला कार्य समिति र ३३ जना महासमिति सदस्य चयन हुने छन् ।
उम्मेदवारी दर्ताका लागि दिउँसो ४ बजेसम्म समय तोकिएको छ। काँग्रेस कैलालीको सभापतिका लागि नेताहरू नारायण भट्ट, प्रकाश बम, रामबहादुर कलेल र भीम बडुवाल चुनावी मैदानमा उत्रिएका छन् । भोलि विहान ८ बजेदेखि धनगढीस्थित ओम प्यालेसमा मतदान सुरु हुने बताइएको छ ।


