धनगढी : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गोदावरी नगर कमिटीको पदाधिकारी बैठक सम्पन्न भएको छ । बैठकले एक चरण पुनः पार्टीलाई चलाएमान बनाउने प्रतिबद्धता गरेको छ।
बैठकले नगरका पदाधिकारी, सो नगरमा रहेका प्रदेश कमिटी सदस्य, केन्द्रिय कमिटी सदस्य हरुलाई लाई महत्त्वपुर्ण भुमिका खेल्नका लागी वडा स्तरको जिम्मेवारीका लागी कायबिभाजन गरेको छ ।
कार्यबिभाजनका क्रममा वडा नम्बर १ का लागी नगर कोषाध्यक्ष शेर बहादुर बिष्ट, २ का लागी नगर अध्यक्ष धर्म सिहं कुँवर, ३ का लागी प्रदेश सदस्य कमला कैनी, ४ का लागी नगर सह सचिव तुलसी प्रशाद जोशी, ५ मा नगर उपाध्यक्ष दीनेश शाह, ६ मा केन्द्रिय सदस्य लक्षीराम आचार्य, ७ का लागी नगर उपाध्यक्ष तिलक चौधरी, ८ र ९ का लागी प्रदेश सदस्य उद्धव भट्राई, १० का लागी प्रदेश सदस्य मेघराज भट्ट, ११ का लागी नगर सचिव मदन कठायत र १२ का लागी केन्द्रिय सल्लाहकार बिक्रम बिकलाई जिम्मेवारी तोकिएको छ ।
साथै पार्टीका वडा कार्यालय स्थापना, टोल कमिटीका बैठक, वडाको सफत ग्रहण कार्यक्रम यहि फाल्गुन १६ गते भित्र सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ ।
यस्तै नगर कमिटी, वडा कमिटी,र जबस मोर्चाका नगरका संयोजक लगायत अग्रजहरुको प्रशिक्षण कार्यक्रम यहि फाल्गुन १८ गते नमस्ते पार्टी प्यालेसमा पार्टी प्रदेश ईन्चार्ज खगराज भट्ट र प्रदेश सरकारका प्रमुख त्रिलोचन भट्टको आतिथ्यतामा सम्पन्न गर्नेबैठकले निर्णय गरेको नगर अध्यक्ष धर्म सिहं कुँवरले जानकारी दिए ।
यस्तै पार्टी सदस्यता कार्ड बितरण यही फाल्गुन २५ गते सम्म सम्पन्न गर्ने र आज नै वडा नम्बर ६ को वडा कार्यालय स्थापना गरी बैठक सम्पन्न भएको हो ।
पार्टी नगर अध्यक्ष धर्म सिहं कुँवरको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रिय सदस्य लक्षीराम आचार्य प्रमुख अतिथी रहेका थिए । यस्तै प्रदेश कमिटि सदस्य उद्धब भट्टराई, मेघराज भट्ट रकमला कैनिकोपनि उपस्थिती थियो ।


