धनगढी। नेकपा माओवादी केन्द्रले धनगढी उपमहानगरपालीका १२ मा वडा सम्पर्क कार्यालय उदघाटन गरिएको छ । सोमवार एक कार्यक्रमका बिच वडा सम्पर्क कार्यालय उदघाटन तथा वडा कमिटीको बैठक बसि १७ सदस्यीय संगठन निर्माण परिचालन समिति सहितको टिम बनाइएको हो ।
बैठक बसि संगठन निर्माण तथा परिचालन नगर कमिटी सचिवालय सदस्य तथा वडा इन्चार्जको नेतृत्वमा १३ सदस्य नगर कमिटी सदस्य ,वडाका पदाधिकारी तथा सिनियर कमरेडहरु सहितको टिम बनेको धनगढी नगर सचीव रमेश प्रसाद भट्टराईले जानकारी दिए । नेकपा माओवादी केन्द्र धनगढी उपमहानगरपालीका १३ का वडा अध्यक्ष खडक भट्ट छन।
धनगढी नगर सचीव भट्टराईका अनुसार सो टिममा सदस्यहरु रत्न प्रसाद जोशी, डबल रावत, टंक अवस्थी, चन्द्रा भट्ट , नितु सिंह , खडक पुनमगर, महेश थापा, त्रिलोक सिंह ,पुर्ण बहादुर थापा लगायत रहेका छ्न। कार्यक्रममा प्रदेश कमिटी सदस्य निर्मल शाह, हरि क्षेत्री, प्रेमकला सोब, नगर कमिटी अध्यक्ष सुरज खाती, नगर सचीव रमेश प्रसाद भट्टराई रहेका थिए । बैठकले वडामा टोल कमिटी निर्माण ,बैठक, युवा, किसान, महिला लगायत विभिन्न जवस तथा मोर्चाका वडा भेला सम्पन्न गर्ने निर्णय गरिएको जनाएको छ।






