धनगढी । धनगढी उपमहानगरपालिका–१६ भादास्थित गणेश सामुदायिक वनमा घर पोत्नका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर स्थानीय ३९ वर्षीया कविता देवी चौधरीको मृत्यु भएको हो।
सोमबार साँझ करिब ५ बजे माटो खन्ने क्रममा एक्कासि ढिस्को खस्दा उनी पुरिएर गम्भीर घाइते भएकी थिइन्।
तत्काल उद्धार गरी उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल पुर्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।


