धनगढीः कैलालीबाट भन्सार छलीका सामानसहित ३ जना पक्राउ परेका छन्।
कैलालीको वर्दगोरीया गाउँपालिका–१ बौनियाँ चोक स्थित भजनी जाने सडक खण्डमा जानकी गाउँपालिका–५ बस्ने ३५ वर्षीय विपत राम चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ००१ ह ४२५३ नम्बरको अटोलाई चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २ लाख ४७ हजार एक सय पचहत्तर सामान बरामद गरिएको हो।
भन्सार छलीका सानो ठुलो सर्टसहित अटोमा सवार टीकापुर नगरपालिका–१ बस्ने ३८ वर्षीय रामबहादुर टमाटा र ४९ वर्षीय प्रकाश कुँवरसहित तिनै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरि कारवाहीको लागि सत्ती भन्सार कार्यालय कैलालीमा पठाएको जनाएको छ।


