धनगढी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट डा. प्रदीप मिश्र केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्। डा. मिश्र पेशागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन्। लामो समयदेखि चिकित्सा सेवा तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएका डा. मिश्र पेशागत क्षेत्रबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि डा. मिश्रले समग्र स्वास्थ्य क्षेत्रका समस्या, चुनौती र नागरिकका आवश्यकतालाई पार्टीमार्फत नीति निर्माणको तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। विशेषगरी स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा आर्थिक र सामाजिक कारणले गुणस्तरीय उपचार प्राप्त गर्न नसकेका आम नागरिकका स्वास्थ्यसम्बन्धी मुद्दालाई प्राथमिकताका साथ उठाउने उनले बताएका छन्।


