धनगढी । काठमाडौंमा आयोजित Face of Kids Nepal Junior – Season 3 मा दार्चुलाकी निमान्शा चन्दले ग्रान्ड विनरको उपाधि हासिल गरेकी छन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै निमान्शाले Grand Winner को उपाधिसँगै Public Choice Award र Facebook Award समेत प्राप्त गर्न सफल भएकी हुन्।
दार्चुलाकी छोरी निमान्शाले राष्ट्रियस्तरको प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गरेपछि उनलाई बधाई तथा शुभकामना दिने क्रम बढेको छ। उनको यो उपलब्धिले परिवार, आफन्त तथा दार्चुलावासीमा खुसी र गर्वको वातावरण सिर्जना गरेको छ।
प्रतियोगितामा प्राप्त सफलता निमान्शाको प्रतिभा, आत्मविश्वास र मेहनतको परिणामका रूपमा लिइएको छ। ग्रान्ड विनरको उपाधिसहित दुई अतिरिक्त अवार्डसमेत प्राप्त गरेकी निमान्शालाई आगामी दिनमा अझै ठूलो सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको छ।

