धनगढी । सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बाजुराका किसान पछिल्लो समय स्याउ खेतीतर्फ आकर्षित भएका छन् । उत्पादन बढ्दै गएपछि किसान उत्साहित छन् । तर, उत्पादित स्याउ बजारसम्म पु¥याउन सडकको दुरावस्था मुख्य चुनौती बनेपछि बारीमा लटरम्म फलेको स्याउ कुहिने चिन्ता किसानमा छ ।
बाजुराको बुढीनन्दा मात्रै होइन, पूर्वोत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका किसानलाई पनि अहिले स्याउ टिप्ने चटारो छ । यहाँ साउनको पहिलो सातादेखि स्याउ पाक्न सुरु भए पनि राम्रोसँग भने भदौको दोस्रो सातादेखि पाक्ने गर्छ ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा करिब १७० हेक्टरमा स्याउ खेती भइरहेको छ । गत वर्ष दुई हजार मेट्रिक टनभन्दा बढी उत्पादन भएकोमा करिब ६ सय मेट्रिक टन जिल्ला बाहिर बिक्री भएको थियो । यस वर्ष उत्पादन अझ बढेर ७ सय मेट्रिक टनभन्दा बढी स्याउ बाहिर जाने अनुमान छ । तर, उत्पादन बढे पनि किसानको मुख्य चिन्ता बजारसम्म पु¥याउने विषयमा छ । कोल्टी–मार्तडी सडकको दुरावस्थाका कारण ढुवानीमा समस्या हुँदा समयमै बजार नपुग्ने र उचित मूल्य नपाउने जोखिम छ ।
पुख्र्यौली रूपमा गर्दै आएको स्याउ खेतीलाई पछिल्लो समय बाजुराका किसानले व्यावसायिक खेती बनाएका छन् । बाजुरामा अहिले बुढीनन्दा, हिमाली, स्वामिकार्तिक खापर र जगन्नाथ क्षेत्रमा अहिले स्याउ टिप्ने चटारो छ । बाजुरामा गोल्डेन, डेलिसिएस, गाला, फुजी तथा स्थानीय जातका स्याउ उत्पादन हुने गरेका छन् । बजारमा प्रतिकिलो ३०० रुपैयाँसम्म पर्ने स्याउ सिकानले बारीबाटै प्रतिकिलो १०० रुपैयाँमा बिक्री गरिरहेका छन् ।

स्याउ खेतीबारे जानकार दानबहादुर खड्का पनि पछिल्लो समय उत्पादन बढ्दै गएपछि उत्साहित छन । विदेशबाट ल्याइएका बिरुवाले समेत राम्रो उत्पादन दिन थालेको छ । स्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि स्थानीयले अन्नबाली लगाउने जमिनमा समेत स्याउ खेती गर्न थालेका छन्। यहाँको स्याउ विषादीको प्रयोग कम हुने तथा अग्र्यानिक उत्पादनका रूपमा चिनिएकाले बाहिरी जिल्लाबाट समेत व्यापारीहरू बारीमै पुगेर स्याउ खरिद गर्ने गरेका छन् ।
बाजुरामा बारीमै पाकेका स्याउ झरेर खेर जाने डरले किसानहरू चाँडै टिपेर बिक्री गर्न हतारिएका छन् । गत वर्षको तुलनामा यस वर्ष स्याउको उत्पादन राम्रो भएकाले किसानहरू आम्दानी बढ्ने आशामा छन् तर उत्पादन भएको स्याउ बजारसम्म कसरी पु¥याउने भन्ने चिन्ताले उनीहरूलाई सताउन थालेको छ । बुढीनन्दाको पाण्डुसैनबाट मार्तडी हुँदै धनगढीसम्म स्याउ पु¥याउनुपर्ने हुन्छ। तर कोल्टी–मार्तडी सडकको दुरावस्थाका कारण किसानलाई स्याउ ढुवानी गर्न समस्या भइरहेको छ ।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा हाल करिब १७० हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । अबका केही वर्षमा यो क्षेत्रफल १८० हेक्टरभन्दा बढी पुग्ने सम्भावना रहेको केन्द्रको अनुमान छ ।
गत वर्ष बाजुरामा दुई हजार मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको थियो स त्यसमध्ये करिब ६०० मेट्रिक टन स्याउ जिल्ला बाहिर बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
‘यो वर्ष स्याउ गत वर्षको भन्दा राम्रो फलेको छ । अहिले झण्डै ७०० मेट्रिक टनभन्दा बढी स्याउ बाहिर जाने सम्भावना छ ।
बाजुराको हावापानी र माटो स्याउ खेतीका लागि उपयुक्त भएकाले पछिल्लो समय यसको उत्पादनको सम्भावना उच्च रहेको विष्टको भनाइ छ । स्याउ खेतीबाट किसानको आयआर्जन बढ्ने देखिएपछि कृषि ज्ञान केन्द्रले स्थानीय तहसँग समन्वय गरेर नयाँ बिरुवा वितरण, प्राविधिक सहयोग तथा बजारीकरणका लागि अनुदानको व्यवस्था गर्दै आएको उनले बताए ।

