बाजुरा: श्री बडीमालिका मन्दिरमा सरकारी पूजा गर्न बाजुरा पुगेको धनगढी उपमहानगरपालिकाको टोलीलाई बडीमालिका नगरपालिकाले स्वागत तथा शुभकामना दिएको छ। धनगढी उपमहानगरपालिकाबाट बडीमालिका मन्दिरको सरकारी पूजाका लागि गएको टोलीलाई बडीमालिका नगरपालिका, मार्तडीले स्वागत गरेको हो। टोलीलाई स्वागत गर्दै नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले धार्मिक यात्रा सफल र पूजाआजा शुभ रहोस् भन्दै शुभकामना दिएका थिए।
बडीमालिका मन्दिरमा सरकारी पूजा तथा धार्मिक अनुष्ठानका लागि विभिन्न स्थानबाट भक्तजन तथा सरकारी टोलीहरू बाजुरा पुग्ने गरेका छन्। धनगढीको टोलीको स्वागतका क्रममा स्थानीय जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता रहेको थियो।

