धनगढी । कैलालीको टीकापुरमा १९ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–६ बेलुवाका २८ वर्षीय रामसेवक कुश्मी चौधरी रहेका छन्। उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।
युवतीमाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरी चौकी सत्तीबाट खटिएको टोलीले चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

