धनगढी । कैलालीमा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ८४ वर्षीय वृद्ध पक्राउ परेका छन्।
जिल्लाको गौरीगंगा नगरपालिका–९ का वीरबहादुर जाग्रीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले जाग्रीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

