धनगढी । प्राध्यापक डा. गोविन्द केसी अनशनरत कैलालीको धनगढीस्थित कृष्ण मन्दिर बाहिर प्रदर्शन भइरहेको छ । २४औं सत्याग्रहमा रहेका केसीले अनशन फिर्ता लिनुपर्ने माग गर्दै मन्दिर बाहिर प्रदर्शन भएको हो ।
मन्दिर धर्मशालाको २११ नं. कोठामा अनशनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले उनको स्वास्थ्य परीक्षण गरेका थिए । परीक्षणका क्रममा डा. केसीको रक्तचाप ११०/९० र रक्तमा सुगरको मात्रा ५० रहेको पाइएको छ । सुगरको मात्रा अत्यन्त न्यून भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकले बताएका छन् ।
हाल केसीलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गर्न लगिएको छ ।

