टोकियो: — सुदूरपश्चिमेली नेपाली समाज जापान केन्द्रको आठौँ महाधिवेशनबाट विकास रोकाया अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। आइतबार सम्पन्न महाधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
महाधिवेशनमा प्रमुख अतिथिका रूपमा डा. भरत नेगी तथा विशिष्ट अतिथिका रूपमा एनआरएनए जापानका अध्यक्ष सुभाष लमिछानेको उपस्थिति रहेको थियो। नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिनेश अधिकारी, उपाध्यक्षहरूमा किशोर सिंह, सागर सिंह, ईश्वर खड्का, सविन शाही, करण खाती र सारिका खड्का निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा सोनाली साउद चयन भएकी छन्।
त्यस्तै महासचिवमा सुमित कुमार रोकाया, सचिवमा साजन थापा र पूजा महतरा, कोषाध्यक्षमा नरेश भण्डारी तथा महिला कोषाध्यक्षमा कविता बिष्ट निर्वाचित भएका छन्। युवा विभागतर्फ भावुक जंग शाही युवा संयोजक, सुवम शाह युवा उप–संयोजक तथा टेकेन्द्र चन्द, देवेन्द्र अधिकारी र नरेश खड्का युवा सह–संयोजकमा चयन भएका छन्।
महाधिवेशनले विभिन्न क्षेत्रका प्रतिनिधित्व रहने गरी २१ सदस्यीय सदस्य समूह समेत सर्वसम्मत चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समाजले महाधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्ण लाई आभार व्यक्त गरेको छ।
समाजले आगामी दिनमा संस्थागत विकास, आपसी एकता, सामाजिक उत्तरदायित्व र जापानस्थित नेपाली समुदायको हितका लागि अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।


