बैतडी: बैतडी जिल्लाको सुर्नया गाउँपालिका–५, धुलिधार निवासी ५३ वर्षीय जनक बहादुर बिष्ट क्यान्सर रोगबाट पीडित भई हाल अत्यन्तै कठिन परिस्थितिमा जीवनयापन गर्न बाध्य भएका छन्। उपचारका क्रममा उनको दुवै खुट्टा काट्नुपरेकोले उनी पूर्णरूपमा हिँडडुल गर्न, उठ्न–बस्न तथा दैनिक क्रियाकलाप सञ्चालन गर्न असमर्थ अवस्थामा रहेका छन्।
धनगढीस्थित अस्पतालबाट डिस्चार्ज भएपछि घरमै बसिरहेका बिष्टको दैनिक जीवन सहज बनाउन सहयोगको आवश्यकता देखिएको थियो। यस अवस्थालाई मध्यनजर गर्दै DID Mission To Nepal ले सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गता अभियानकर्मी मार्फत उनलाई १ थान व्हिलचियर सहयोग प्रदान गरेको छ। उक्त सहयोगले बिष्टको दैनिक जीवनयापनमा सहजता आउने विश्वास गरिएको छ। स्थानीय समुदायले पनि यस कार्यको सराहना गर्दै यस्ता मानवीय सहयोगले पीडित व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरेका छन्।


