धनगढी । सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रमा मतदानको सम्पूर्ण तयारी पूरा भएको छ। बिहीबार बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि आवश्यक सामग्री, जनशक्ति र सुरक्षा व्यवस्थापन पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका २ हजार १९९ मतदान केन्द्रमा मतपत्र, मतपेटिका र कर्मचारी सोमबार नै पुगिसकेका छन्।
सबै केन्द्रमा आवश्यक तयारी सम्पन्न भई सर्वदलीय बैठकसमेत सकिएको उनले जानकारी दिए। निर्वाचन आयोगले मतदातालाई भयरहित वातावरणमा मतदान प्रक्रियामा सहभागी हुन अपिल गरेको छ।
सुरक्षातर्फ पनि व्यापक तयारी गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० पदमबहादुर विष्टका अनुसार केन्द्रीय सुरक्षा योजनाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना संयुक्त रूपमा परिचालन भएका छन्।
प्रदेशभर मतदान स्थलको संवेदनशीलता विश्लेषण गर्दै सोहीअनुसार सुरक्षाकर्मी खटाइएको छ। निर्वाचन सुरक्षाका लागि ७ हजार ९८ जना नेपाल प्रहरी परिचालन गरिएको छ भने १३ हजार ६४७ जना निर्वाचन प्रहरी सहयोगीका रूपमा खटिएका छन्।
त्यस्तै, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाका निमित्त प्रमुख एसएसपी दिगविजय सुवेदीका अनुसार प्रदेशभर ५ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन भइसकेका छन्।
यसैगरी, सुदूरपश्चिम पृतनाले पनि निर्वाचन सुरक्षाका लागि आवश्यक संख्यामा नेपाली सेना परिचालन गरिसकेको जनाएको छ।
मतदाता विवरण
सुदूरपश्चिमका ९ जिल्लामा कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्। प्रदेशभर १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्र तोकिएका छन्।
पुरुष मतदातास् ८ लाख ५२ हजार २१९
महिला मतदातास् ८ लाख ६४ हजार ४२३
अन्य १८
महिला मतदाता पुरुषभन्दा १२ हजार २०४ ले बढी छन्।
जिल्लागत मतदाता संख्या
कैलालीस् ५ लाख ५१ हजार ५२ ९ ( ५ प्रतिनिधिसभा क्षेत्र, २३७ मतदान स्थल, ६४१ केन्द्र)कञ्चनपुरस् ३ लाख १४ हजार ३८५
अछामस् १ लाख ६५ हजार ३३७
बैतडीस् १ लाख ५६ हजार ३७२
डोटीस् १ लाख २८ हजार ३९९
बझाङस् १ लाख २६ हजार ९०३
डडेलधुरास् ९३ हजार ४०३
दार्चुलास् ९२ हजार ९४८
बाजुरास् ८७ हजार ८६१
समग्रमा, प्रदेशभर शान्तिपूर्ण, निष्पक्ष र भयरहित मतदान सुनिश्चित गर्न प्रशासनले तयारी दुरुस्त बनाएको जनाएको छ।

