धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजमार्गको बीचभागमा जडान गरिएका हाईमोस्ट लाइटका कारण सवारी दुर्घटना बढ्न थालेपछि तत्काल व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ।
सोमबार मुख्यमन्त्री शाहले कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानालाई टेलिफोनमार्फत निर्देशन दिए ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको लम्की–अत्तरिया सडकखण्डको बीचभागमा राखिएका हाईमोस्ट लाइटका कारण पटक–पटक सवारी दुर्घटना भइरहको छ। सोमबार बिहान लम्कीचुहा नगरपालिका–१० पिपरौवा चोकमा हाईमोस्ट लाइटमा गाडी ठोक्किँदा दुर्घटना भएको थियो।
दुर्घटनामा दुई जना घाइते भएका छन्। ३२ वर्षीय लोकेन्द्र ऐरले चलाएको सु।प। प्र। ०१–००१ ज १५२९ नम्बरको सवारी दुर्घटनामा चालकसहित सोहिस्थानका ३१ वर्षीय रमेश भट्ट घाइते भएका हुन्।
मुख्यमन्त्री शाहले प्रमुख जिल्ला अधिकारी र प्रदेश प्रहरी प्रमुखलाई सडक विभाग तथा लम्कीचुहा नगरपालिकासँग समन्वय गरी राजमार्गको बीचभागमा रहेका हाईमोस्ट लाइटको उचित व्यवस्थापन गर्न कडा निर्देशन दिनुभएको छ।
“विकासका नाममा कसैले पनि जनताको ज्यान जोखिममा पार्न पाइँदैन,” मुख्यमन्त्री शाहले भन्नुभयो। उहाँले ट्राफिक प्रहरीलाई समेत यस विषयमा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ ।
राजमार्गमा जडान गरिएका हाईमोस्ट लाइटका कारण सवारी दुर्घटना बढ्न थालेपछि व्यवस्थापन गर्न मुख्यमन्त्रीको निर्देशन
राजमार्गमा जडान गरिएका हाईमोस्ट लाइटका कारण सवारी दुर्घटना बढ्न थालेपछि व्यवस्थापन गर्न मुख्यमन्त्रीको निर्देशन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


