धनगढी :धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१८ इु गाउँमा शनिवार राति पौने १० बजे मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाका २८ वर्षीय पुष्पबहादुर कामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले से ५ प ४७७५ नम्बरको मोटरसाइकल शनिवार राति अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको धनगढीखबरलाई बताए । दुर्घटनामा घाइते भएका कामीको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको डिएसपी चन्दले बताए।


