धनगढी : बिद्यालय जान हिँडेका एक बालक बेपत्ता भएका छन् । धनगढी उप महानगरपालिका ६ जालीका १३ बर्षिय जस्मिन बोगटी बेपत्ता भएका हुन् । हिजो बिहान स्कुल जान हिँडेका उनि स्कुल नपुग्दै बेपत्ता भएका हुन् । धनगढीकै चैतन्य पाठसालामा अध्यायन गर्दै आएका उनि साँझ घर नफर्केपछि बुझ्दा स्कुलमै नपुगेको पाइएको परिवारले जनाएको छ ।
साँझ पाँच बजेदेखी खोजी गरेपनि उनले लगाएको बिद्यालय पोषाक कैलाली बहुमुखी क्याम्पस पछाडीको जगंलमा भेटिएको तर बालक नभेटिएको परिवारले बताएको छ । परिवारले बालको खोजीका लागी जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिइसकेका छन् । उनिहरुले बालकलाई कतै देखे प्रहरीमा सम्पर्क गर्न आग्रह गरेका छन् । साथै कतै भेटिए ९८०२५४०१५३ तथा ९८४२५७९४३० नम्बरमा सम्पर्क गरेर सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् ।


