धनगढी : नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को टोली जाजरकोट पुगेको छ । कार्तिक १७ गते आएको बिनासकारी भुकम्पबाट क्षती भएका क्षेत्रमा पुगेर जिफन्टको टोली पर्ननिर्माणमा जुटेको हो । देशभरीबाट ७५ जना सहभागी टोलीमा केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठ सहित सहभागी छन् । सो पुनरनिर्माण टोलीमा सुदुरपश्चिमबाट जिफन्ट अध्यक्ष जित बहादुर मल्लको नेतृत्वमा ९ जनाको टोली जाजरकोट पुगेको छ । कार्तिक ३० गते जाजरकोट पुगेको टोलीले आफ्नो बस्ने टहरा निर्माण गरेको थियो भने, मंसिर १ गते बिहानैदेखी पुनरनिर्माणको काम थालेको छ ।
हिजो हामीहरुले आफु बस्नका लागी टहरा निर्माण गरेका थिायौँ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदुरपश्चिम अध्यक्ष ललित चन्दले भने “आज बिहानैदेखी पुर्ननिर्माणको काममा हामी जुटेका छौँ, कम्तिमा ५ दिन भत्केका घरहरु सफा गर्न लाग्ने छ, त्यसपछि बासस्थानका लागी घर निर्माणमा हाम्रो टोली लाग्ने छ ।” हामीले १५ दिनसम्म यहाँ रहेर काम गर्ने भनेका छौँ उनले भने “हाम्रो टिममा अँझै साथीहरु थपिनुहुन्छ होला १५ दिनमा हामी धेरै काम गर्न सक्नेछौँ, हामी जस्तै अन्य क्षेत्रबाटपनि स्वयमसेवक खटिएका छन् नेकपा एमालेले २ हजार स्वयमसेवक खटाउँदै छ, सोही अन्तर्गत हामी यहाँ पुगेका छौँ, छिट्टै भुकम्प पिडितले घर पाउने छन् भन्ने बिश्वास लिएका छौँ, यसमा सरकारबाट छिटै पुनरनिर्माणका लागी राहत रकम उपलब्ध गराओस भन्ने हाम्रो माग हो ।”