डडेल्धुरा। डडेल्धुरामा घाँस काट्ने क्रममा रूखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका–१ तोलीका मीनबहादुर बोहराकी श्रीमती नारूदेवी बोहराको शनिबार बिहान घाँस काट्ने क्रममा रूखबाट लडेर मृत्यु भएको हो।
शनिबार बिहानै १० बजेको समयमा घर नजिकै घाँस काट्ने क्रममा रूखवाट लडेर भीरबाट खोलामा परी उनको मृत्यु भएको वडाध्यक्ष यज्ञबहादुर देउवाले जानकारी दिए।