बझाङ। बझाङमा प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा ३ जना युवालाई नियन्त्रणमा लिएको छ। प्रधानमन्त्रीविरुद्ध अश्लील नारा लगाएको, हुलहुज्जत गरेको र मान्छेहरुलाई भड्काएको आरोप लगाउँदै प्रशासनले प्रधानमन्त्रीको भ्रमणका क्रममा ३ जना युवालाई नियन्त्रणमा लिएको छ।
शुक्रबार पक्राउ परेका उनीहरुलाई अझै पनि हिरासतमा राखिएको छ । प्रधानमन्त्री प्रचण्ड जिल्ला विपद् व्यवस्थापनसँग अन्तक्रिया गर्न प्रशासन कार्यालय पुग्दा केही स्थानीय युवाले नाराबाजी गरेका थिए ।सुरक्षाकर्मीले रोक्न खोजेपछि केहीसमय जिल्ला प्रशासन बाहिरिको माहोल तनावपूर्ण बनेको थियो ।प्रशासनको मूलगेटमा लात्ता लगाइरहेका युवा र सुरक्षाकर्मीबीच धकेलाधकेल पनि भएको थियो ।