बझाङ्ग। बझाङ्गमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बझाङ्गको बित्थडचिर गाउँपालिका वडा नम्बर ९ उडीकी ४५ वर्षीया गौमती देवी बोहराको शनिबार गाँजो काट्ने क्रममा भीरबाट लडेर ज्यान गएको हो ।
शनिवार बिहानै ५ बजे गाँजो काट्न गएकी बोहरा ६ बजेको समयमा भीरबाट लडेकी थिइन् । भीरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको आफन्तले जानकारी दिएका छन्। बोहरा भीरबाट अन्दाजी ३ ,४ सय मिटर तल खसेकि थिइन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।

