बझाङ। बझाङको छबिसपाथिभेरा गाउँपालिका- ७ घट्टेका ६० वर्षीय जैलु मण्डेलका हत्या आरोपी पक्राउ परेका छन्। शुक्रबार हत्या गरि फरार भएका उनका भाइ बिजुली मण्डेल ३ दिनपछि पक्राउ परेका हुन्।
छबिसपाथिभेरा-७ घट्टेमा ५५ वर्षीय मण्डेललाई घट्टे गाउँमाथिको एक घरबाट स्थानीयले घेरा हाली आज (सोमवार)बिहान करिब ६स्३० बजे पक्राउ गरेको बताइएको छ। लक्षिमन मण्डेलको घरमा भएका बेला स्थानीयले उनलाई समातेको र बिसौनाबाट प्रहरी गइरहेको स्थानीय मिनबहादुर मण्डेलले बताए।
मण्डेलको फोन लोकेसन जंगलमा ट्रेस भएपछि उनी जंगलमै लुकेको आशंकामा प्रहरीले गरेको थियो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाह आफै खटिएको भएपनि प्रहरीले फरार मण्डेललाई समात्न सकेका थिएन ।