बझाङ। बझाङ सदरमुकाम चैनपुर बजारमा एक पसलमा आगलागी भएको छ । बझाङ सदरमुकाम चैनपुरस्थित प्रशासन रोडमा रहेको कैलाश फेन्सी पसलमा आज बिहान ३ बजेर विद्युत सर्ट भइ आगलागी भएको हो।
आगलागीबाट पसलभित्र रहेका करिब एक करोड बढीका सामान जलेर नष्ट भएको सञ्चालक डबल खड्काले बताए। उनका अनुसार फेन्सि कपडा जुत्ता चप्पल जस्तापाता एउटा ल्यापटप जलेर नस्ट भएको र करिब ६० लाख बराबरको क्षती भएको बताए।
आगोलाई स्थानीयले नियन्त्रणमा लिएको बताइएको छ।तर, आगो लागेको २ घण्टा हुँदा पनि नगरपालिकाको दमकल नआएको व्यापारीहरुको गुनासो छ। आगलागीबाट कुनै मानवीय क्षति भएको छैन। पसल सञ्चालक अर्को घरमा बस्ने भएकाले राति ३ बजेको समयमा स्थानीयले आगो लागेको देखेर पसल सञ्चालकलाई खबर गरेका थिए।