बझाङ्ग। बझाङमा मोटरसाइकलको ठक्करबाट एक जना महिला घाइते भएकी छिन्। जयपृथ्वी राजमार्ग अन्तर्गत बझाङ्गको केदारस्यु गाउँपालिका १ चौडाममा से १ ब ६०० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा २९ वर्षीय खिमेश्वरी भण्डारी घाइते भएकी हुन्।
बिहिवार बिहान बित्थडचिर गाउँपालिकाबाट छविसपाथिभेरा गाउँपालिका तर्फ गइरहेको छविसपाथिभेरा गाउँपालिकाको उक्त सरकारी मोटरसाइकलले भण्डारीलाई सडक पार गर्ने क्रममा ठक्कर दिएको हो।
मोटरसाइकलको ठक्करबाट उनको कम्मर, पेट र हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी दिपेश चौधरीले बताए। घाईतेको अवस्था सामान्य रहेकोमा प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार जारी छ। चालक खप्तडछान्ना गाउँपालिका ५ का ३८ वर्षीय भेषराज उपाध्यायलाई मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ।