बझाङ। बझाङको खप्तडछान्ना गाउँपालिकामा दुई बालक माथी निर्घात कुटपिट भएको छ। बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ तुफान डाडाँ का १० वर्षीया नविन रोकाया र वर्ष १५ का आवेश रोकायामाथी अज्ञात ब्यक्तीहरुको समुहले निर्घात कुटपिट गरेको प्रहरीले बताएको छ।
ति दुई जनामाथी करिब १२/१३ जनाको समुहले निर्घात कुटपिट गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ। सोहि गाउँपालिका वडा नम्बर १ का राजेश जेठारा , सुवाश कार्की लगायतका समुहले शुक्रबारका दिन कुटपीट गरी फरार भएको आफन्तले बताएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भईरहेको र फरार रहेकाहरुको खोजीकार्य भईरहेको बझाङ प्रहरीले जनाएको छ।