धनगढी। कैलालीमा बाढी र डुबानका कारण साढे ४ सय बढी घरमा क्षति भएको छ। तथ्याँक अनुसार कैलालीका विभिन्न क्षेत्रमा ४ सय ६३ घरमा बाढीले क्षति गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का १४ घरपरिवार, भजनी नगरपालिकाका ७७ घरपरिवार, जोशीपुर गाउँपालिकाका ५६ र कैलारी गाउँपालिकाका १५०मा क्षति भएका छन।
लगातारको वर्षाका कारण बाढी र डुबानमा परेपछि जिल्लाका ४६३ परिवार प्रभावित भएका हुन। उनिहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका, भजनी, जोशीपुर, गोदावरी नगरपालिका, कैलारी तथा चुरे गाउँपालिकाका विभिन्न क्षेत्र डुवानमा परेका छन् । मानविय क्षति भने नभएको जनाइएको छ ।