डडेल्धुरा। डडेल्धुरामा एक गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका-५ किरमडेमा दार्चुलाको मालिकाअर्जुन गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ।
सु.प.प्र.०२००१ झ १३१ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा कुनै मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ। उक्त एम्बुलेन्समा ल्याइएका बिरामीलाई डडेल्धुरा अस्पतालले रेफर गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।