डडेल्धुरा। डडेल्धुरामा एक जना मृत फेला परेका छन्।
डडेल्धुराको पर्शुराम नगरपालिका-१० लामिझाला बस्ने हरिश सिंह भाटको छोरा ३५ बर्षीय प्रेमसिंह भाट शनिवार साँझ सोही वडाको जजोलास्थित बाटोमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।