बझाङ। बझाङस्थीत सेती नदीको बीचमा महिलाको शव फेला परेको छ। बझाङको थलारा गाउँपालिका–१ र केदारस्युँ गाउँपालिका-१ को सेती नदीको बीच भागको टापुमा ति महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङले ४० वर्षीय महिलाको शवको पहिचान हुन नसकेको जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।