बझाङ। बझाङको छबिस पाथिभेरा गाउँपालिकामा स्काईभेटर (जेसिबि)दुर्घटना भएको छ । आज (सोमवार) बिहान ६ बजे बझाङको छबिस पाथिभेरा वडा नम्बर–४ को ब्यासी बजारको बालुवा खानीमा बा ३ झ २३३५ नम्बरको जेसिबि दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङले बिद्या ज्योती कन्ट्रक्सनको उक्त जेसिबि दुर्घटना भएको जनाएको छ । जेसिबि दुर्घटना हुँदा जेसिबि चालक नुवाकोट बिदुर नगरपालिका–११ का २८ वर्षीय युवराज तिमिल्सेना घाइते भएको प्रहरीले जनाएको छ। उनलाई उपचारको लागि जिल्ला अस्पताल बझाङ लगिएको छ। जेसिबि सडकबाट २५० मिटर तल खसेकाले पुर्ण रुपमा क्षती भएको जनाइएको छ। सो बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।