बझाङ। बझाङमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ। बझाङको बुंगल नगरपालिका–९ भेडेगैरमा देउलिकोट बझाङबाट धौलकाँडा बैतडी जाने कच्ची सडक खण्डमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रहरीका अनुसार सालनालसहितको नवजात शिशु मृत अबस्थामा फेला परेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।