बझाङ। बझाङको सेती नदिमा हाम फालेका एक पुरुषको मृत्यु भएको छ। बझाङको जयपृथ्वी नगरपालिका–४ गोलाई र ९ देवल जोड्ने झुलङ्गे पुलबाट हाम फालेका सोही नगरपालिका–३ का एक षुरुषको मृत्यु भएको हो।
प्रहरीले मृतक षुरुषको पहिचान नखुलेको र प्रहरी टोली घटना स्थलमा खटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय बझाङले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।