बझाङ। बझाङमा ट्रक र बाइक ठोक्किदा दुर्घटना भएको छ। बझाङ वित्थडचिर गाउँपालिका-९मा ट्रक र विपरित दिशाबाट आइरहेको बाइक एकआपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ। वित्थडचिर गाउँपालिका–९ सुनकुडा बजार नजिकै दुर्घटना हूँदा दुई जना घाइते भएका छन्।
बाक्थलाबाट डडेल्धुरा गइरहेको भे १ ख ३६९१ नम्बरको ट्रकले विपरित दिशाबाट आइरहेको सु.प.प्र ०१००१ ब १४२५ नम्बरको बाइकलाई ठक्कर दिँदा बाइक चालक दुर्गाथलिका २५ वर्षीय यज्ञराज धामी र शिवराज ओखेडा घाइते भएका छन्। घाइते दुबैजनाको स्थानीय स्वास्थ्यचौकिमा उपचार भइरहेको छ। ट्रक चालक बैतडिको शिगास गाउँपालिका-९ का २९ वर्षीय तपेन्द्र चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। सो सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको बताएको छ ।